२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी लिग्टले पुर्याए युभेन्ट्सलाई शीर्ष स्थानमा



अ+ अ-

युभेन्ट्स सिरि ‘ए’ फुटबलमा पुन शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टुरिनोलाई १–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।युभेन्ट्सका लागि एक मात्र गोल म्याथिज डी लिग्टले खेलको ७० औ मिनेटमा गरेका थिए ।

उनैको गोलमा युभेन्ट्सले तीन अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको हो । उनी यसै सिजन ६७.५ मिलियन पाउण्डमा सिरि ‘ए’ क्लब आएका थिए । क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोलका दुई सुन्दर अवसर गुमाएका थिए । तर गोन्जालो हिग्युनको पासमा डी लिग्टले युभेन्ट्सको खाता खोलेका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट २९ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग एक अंकको अग्रता लिएको छ । टुरिनो ११ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।