२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर र रोमाको साँघुरो जित



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान र रोमाले जित निकालेका छन् । शनिबार राति भएको खेलमा बोलोग्नालाई इन्टरले २–१ गोल अन्तरले पराजित गर्यो । इन्टरको जितमा रोमेरो लुकाकुले दुई गोल गरेका थिए । बोलोग्नाका रोबर्टो सोरियानोले एक गोल फर्काए । जितसँगै लिगको दोस्रो स्थानमा रहेको इन्टरले ११ खेलबाट २८ अंक जोडेको छ ।

१२ अंक जोडेको बोलोग्ना लिगको १२ औं स्थानमा छ । यस्तै रोमाले नापोलीलाई २–१ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रोमालाई जित दिलाउन निकोलो जानिलो र जोर्डन भेरेटोउटले एक एक गोल गरेका हुन् ।

नापोलीका एरिक मिलिकले एक गोल फर्काएका थिए । जितसँगै रोमा २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । १८ अंक जोडेर नापोली छैटौं स्थानमा छ ।