काठमाडाैँ । सगरमाथा क्षेत्रमा ६ दिनसम्म हराएर पनि जीवितै उद्धार गरिएका प्रख्यात गाइड हिलारी दावा शेर्पालाई हेलिकप्टरमार्फत एयरलिफ्ट गरी उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालका अनुसार जटिल अवस्थामासमेत आपतकालीन तथा क्रिटिकल केयर सेवा उपलब्ध गराउन ह्याम्स सधैं तयारी अवस्थामा रहने गरेको छ। अस्पतालमा आइपुग्ने बित्तिकै उहाँको अवस्था मूल्यांकन गरी विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानीसहित उपचार प्रक्रिया सुरु गरेको जनाएको छ।
अदम्य साहसका परिचायक हिलारी दावा शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना अस्पतालले गरेको छ।












