२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा



APTOPIX Bangladesh Buffalo Trump
अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ ।

सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको छ । सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखानातर्फ आकर्षित भइरहेका छन् । यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल–अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो । तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न आदेश दिएको थियो ।

त्यहाँ अहिले अत्यधिक गर्मीका बीच पनि ठूलो भीडले अवलोकन गरिरहेको छ । चिडियाखानामा मङ्गलबार आगन्तुकहरूको भीड बाक्लिएको देखिएको थियो । मानिसहरूले भैँसी रहेको खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका थिए । केही अभिभावकहरूले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर देखाइरहेका दृश्य पनि देखिन्थे । चिडियाखानाका कर्मचारीहरूले जनावरको हेरचाह गर्दै कपाल कोर्ने, पानी हालेर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास गरिरहेका छन् । आगन्तुकहरूका अनुसार यसले भैँसीलाई थप विशेष व्यवहार गरिएको अनुभूति दिएको छ ।

ढाकाका विद्यार्थी मोहम्मद नासिमले उक्त भैँसीको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गर्नुभयो । उहाँले यसले सामाजिक सञ्जालमा भाइरल भएपछि विशेष ध्यान र व्यवहार पाएको बताउनुभयो । तर यस नामकरणबारे सबैको समान प्रतिक्रिया छैन । केही आगन्तुकहरूले जनावरलाई विश्व नेतासँग जोडेर नाम राख्नु अनुचित भएको टिप्पणी गरेका छन् । ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै किसानले गलत निर्णय गरेको धारणा राख्नुभयो ।

स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ । यसै घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । भैँसीको भविष्य पनि इद अल–अधाको सन्दर्भमा फेरिएको देखिन्छ । सुरुमा बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो । गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।

यस विषयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ । दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामक भैँसीलाई बलिदान गरिने चर्चा देखेपछि त्यसपछि चिडियाखानामा राखिएको खबर सुनेर हेर्न आएको बताउनुभयो । चिडियाखानामा अहिले यो भैँसी दुर्लभ जनावरका रूपमा सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्रविन्दु बनेर बङ्गलादेशभरि विशेष आकर्षणको रूपमा स्थापित भएको छ ।