२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान



file photo
अ+ अ-

काठमाडाैँ । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ । २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा लगाइएको केराखेतीमा हुरी र वर्षाका कारण क्षति पुग्न गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यहाँ झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाइ नगरपालिका–५ मा व्यावसायिक केराखेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रभावित क्षेत्रमध्ये २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको छ । हुरीले केराका बोट ढालेपछि उत्पादनका लागि तयार भइसकेका बोटसमेत नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

विष्टका अनुसार झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्णरूपमा नष्ट भएको छ । त्यहाँ २०.१ मेट्रिकटन उत्पादनमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको देखिएको छ । उक्त क्षेत्रमा २५.५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको छ भने ५१२.५५ मेट्रिकटन उत्पादनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा हुरीले क्षति पु¥याएको छ । त्यस क्षेत्रबाट उत्पादन हुने ४०.२ मेट्रिक टन केरा नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

झापा गाउँपालिका–३ मा कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक केराखेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । केराखेतीमा भएको क्षतिले किसानहरू थप समस्यामा परेका छन् । अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति पाउने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ । आर्थिक वर्ष २०८२÷८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१०.२ मेट्रिक टन केरा उत्पादन भएको थियो ।