२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी परेका नेतामाथि विभिन्न निर्णय गरेको छ । समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो।

समितिले बारा जिल्ला सभापति राजेश राय यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोपमा परेको उजुरीमाथि छानबिन गरिरहेको जनाएको छ। यस क्रममा पटक–पटक स्पष्टिकरण माग गर्दा पनि उनले जवाफ नदिएको भन्दै अन्तिम निर्णय नभएसम्मका लागि जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरिएको समितिले जनाएको छ।

त्यस्तै, सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायमाथि पनि पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो। उनीहरूसँग स्पष्टिकरण मागिएपछि आरोप अस्वीकार गर्दै जवाफ पेश गरेको र थप कारबाही आवश्यक नदेखिएकाले पार्टी विधान, नियमावली र जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै काम गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टिकरण तथा समितिले गरेको थप अध्ययनपछि उनको जवाफ सन्तोषजनक देखिएको भन्दै आरोपबाट सफाइ दिइएको छ।