काठमाडौं। निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिलाई सुरुमा दिइएको १५ दिनको समयसीमा जेठ १९ गते सकिएपछि मन्त्रिपरिषद्ले थप पाँच दिनको म्याद दिएको थियो । उक्त थपिएको म्याद आगामी शनिबार सकिँदै छ ।
सुधन गुरुङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरण फरक परेपछि उनको सम्पत्तिलाई लिएर विवाद सुरु भएको थियो । गुरुङमाथि आरोपहरू बढ्दै गएपछि उनले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।












