काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गर्नुभएको छ ।
उहाँले विभागको अनुगमन गर्नुका साथै विभागका कर्मचारीसँग छलफल गर्नुभएको मन्त्रालयका उपसचिव विमला रोकाले जानकारी दिनुभयो ।
मन्त्री मेहताले विभागलाई क्षमता विस्तार गर्दै प्रभावकारी बनाउनुपर्ने जोड दिनुभयो । सो अवसरमा विभागका निमित्त महानिर्देशक शोमाकान्त रिजालले विभागको समग्र कामकारवाहीका बारेमा मन्त्री मेहतालाई जानकारी गराउनुभएको थियो । रासस












