२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्मा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल थालेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली लगायत सहभागी छन्।

विपक्षी दलहरूले कांग्रेस संसदीय दलको कार्यालयमा बैठक गरिरहेका बेला लामिछानेले उनीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्। संसद्मा देखिएको राजनीतिक गतिरोध समाधानका उपायबारे नेताहरूबीच विचारविमर्श भइरहेको बताइएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। सोही विषयलाई आधार बनाएर विपक्षीहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्। संसद्को नियमित कामकारबाही सुचारु गराउने उद्देश्यले सत्तापक्ष र विपक्षीबीच संवादलाई तीव्र बनाइएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै