२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र क्रिष्टल प्यालेस बराबरीमा रोकियो



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग आर्सनल २-२ गोलको बराबरीमा रोकिएको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गरेका थिए । डेभिड लुइजको खेलको नवौं मिनेटमा गरेको गोलबाट आर्सनलले २-० को अग्रता बनायो । तर, आर्सनलले त्यसलाई स्थिर राख्न सकेन ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि जोर्डन आयुले खेलको ५२ औं मिनेटमा गोल गर्दै क्रिष्टललाई २–२ गोलको बराबरी ल्याउदै हारबाट जोगाउन सफल भए ।

यो बराबरीसँगै आर्सनलले १० खेलबाट १६ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक जोडेको क्रिष्टल छैटौं स्थानमा छ ।