२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईंको ओठ कस्तो छ ? आकारबाट थाहा हुन्छ तपाईको भाग्य



अ+ अ-

काठमाडौं । शरीका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ ।

दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ ।

दुबै ओठ मोटो : यस्तो व्यक्ति बढि बोल्ने हुन्छ । उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ । साथै धेरै खाना खाने स्वभावको हुन्छ ।

दुबै ओठ पातलो : यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ ।

माथीको ओठ ठुलो : यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।

तल्लो ओठ ठुलो : यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन । अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन ।

रक्तिम ओठ : शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ । यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन । उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन ।

कालो ओठ : यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन ।