३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अविनाश विक्रम शाहको लघु चलचित्र लोरीले कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै उहाँले नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नेपाललाई चिनाउन सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला र सिर्जनाका माध्यमबाट पनि विश्वमा चिनिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोरीको सफलताको चर्चा नेपालमा भन्दा बढी भारतमा भएको आफूले पाएको उल्लेख गर्दै यस्ता उपलब्धिले देशलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले अहिले नेपाली चलचित्र र सर्जकहरूलाई नजिकबाट नियालिरहेको बताउँदै मन्त्री पौडेलले यस क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सिनेमाले एकदमै ठूलो फड्को मारिरहेको छ । अविनाशजी त्यसको पछिल्लो श्रृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ । हामी पहिले–पहिले एउटा जोक गथ्र्यौँ–फिल्म तीन प्रकारका हुन्छन्, गुड फिल्म, ब्याड फिल्म र हिन्दी फिल्म । नेपाली फिल्मलाई त त्यसमा राखिन्थ्यो कि राखिँदैनथ्यो, मलाई थाहा छैन । त्यसपछि भनिन्थ्यो, सकेसम्म गुड फिल्म हेर्नु, त्यो नभए ब्याड फिल्म हेर्नु, र त्यो पनि नभए हिन्दी फिल्म हेर्नु । तर आज परिस्थिति धेरै बदलिएको छ । धेरैको सपना हुने ठाउँमा, जब ‘लोरी’ले क्यानमा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त ग¥यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ । त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो । देश चिनियो भने हामी पनि चिनिन्छौँ । देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने ? अब त हाम्रो पनि पालो हो । तपाईंहरूको यो योगदानप्रति मेरो गहिरो सम्मान छ । त्यसलाई शब्दमा व्यक्त गर्न सजिलो छैन । यो कुरा मेरो मनमा सधैँ धड्किरहन्छ । हामी सबै मिलेर काम ग¥यौँ भने धेरै कुरा सम्भव छ । अहिले नेपाललाई धेरैले नियालिरहेका छन् । तपाईंलाई पनि धेरैले हेरिरहेका छन् ।’

कलाकारहरूको योगदानलाई आफूले उच्च सम्मान गर्ने भन्दै उहाँले नेपाली सिनेमाको यो यात्रामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । –न्युज एजैन्सी नेपाल