काठमाडाैँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ ।
एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ । हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।
गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।












