२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वीपी कोईरालालाई आर्दश मान्ने बताउने गरेपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उहाँले अर्थमन्त्रीले बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएको आरोप लगाउनु भयो । बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बीपीको उद्गारलाई अर्थमन्त्रीले बिर्सिएको उहाँको भनाई छ ।

उहाँले सरकारले बजेट अव्यवहारिक, असमावेशी र ग्रामिण जनजीवनप्रति असंवेदनशील रहेको बताउनु भयो । राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभन्दा करिव दुई खर्ब रुपैयाँ बढीको बजेट ल्याएर ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति सीमित राख्ने लक्ष्य व्यवहारिक नदेखिएको उहाँको दाबी छ ।

उहाँले बजेटमा संविधानको मर्मअनुसार सामाजिक न्याय र समावेशिताको भावना समेत नसमेटिएको बताउनुभयो । निम्न आयवर्ग, असंगठित क्षेत्रका श्रमिक, किसान, युवा, महिला तथा सीमान्तकृत समुदाय बजेटका प्राथमिकताबाट बाहिर परेको उहाँको भनाई छ । उहाँले कृषि क्षेत्रलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको पनि आरोप लगाउनु भयो । ग्रामीण क्षेत्रमा युवालाई स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्ने सरकारी प्रतिवद्धता बजेटमा कार्यान्वयन हुने आधार नदेखिएको उहाँको भनाई छ ।

सांसद राणाले गाउँ पुनर्जीवन, कृषि उत्पादन वृद्धि, बाँझो जमिनको उपयोग, स्थानीय सडक तथा पर्यटन पूर्वाधार विकासका कार्यक्रम बजेटमा प्रभावकारी रूपमा नसमेटिएको बताउनुभयो । रित्तिँदै गएका गाउँहरू पुनर्बास गर्ने योजनासमेत केवल घोषणामै सीमित हुने अवस्था देखिएको उहाँको टिप्पणी छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएपनि नवप्रवर्तन र प्रविधि विकासका लागि पर्याप्त बजेट विनियोजन नभएको उहाँले बताउनु भयो । सरकारको कार्यशैलीका कारण निजी क्षेत्र निरुत्साहित बनेको भन्दै उहाँले यस्तो अवस्थामा रोजगारी र स्वरोजगार विस्तारको लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्नुभयो । उहाँले कर प्रणाली पनि न्यायोचित नभएको दाबी गर्नुभयो ।

राज्यले जनतामाथि अनावश्यक भार नपर्ने गरी कर संकलन गरेर त्यसलाई विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । विलासिताका वस्तुमा उच्च कर र आधारभूत आवश्यकताका वस्तुमा सहुलियत हुनुपर्ने उल्लेख गर्दै उहाँले बजेटले शिक्षा, स्वास्थ्य, दुग्ध उत्पादन तथा विद्युत् क्षेत्रमा अतिरिक्त करको भार थपेको आरोप लगाउनु भयो ।




भर्खरै