२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले गरिब तथा निमुखा वर्गलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा सहभागी हुँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटले गरिबी न्यूनीकरणतर्फ ठोस र प्रभावकारी कार्यक्रम नल्याएको आरोप लगाउनुभयो।

उहाँले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको जीविकोपार्जन सुधार गर्ने र जीवनस्तर उकास्ने स्पष्ट योजना नदेखिएको बताउँदै सरकारले प्रस्तुत गरेको बजेटले धनी र गरिबबीचको खाडल झन् बढाउने जोखिम रहेको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “बजेटले गरिबीलाई सम्बोधन गर्न सकेको छैन। बजेट वक्तव्यमा गरिबी शब्दको पर्याप्त सम्बोधन देखिँदैन। सरकार मध्यम वर्गको विकासको कुरा गर्छ, तर त्यसको आधार कमजोर वर्गको उत्थानबिना सम्भव हुँदैन।”

अर्यालले २० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई माथि नउठाई मध्यम वर्ग विस्तार सम्भव नहुने भन्दै सरकारले आधारभूत आय वृद्धि, सीप विकास र बजार पहुँचजस्ता विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँका अनुसार, बजेटले निमुखा वर्गका लागि स्थायी रूपमा रोजगारी, सीप र आम्दानी वृद्धि गर्ने स्पष्ट कार्यक्रम नल्याएकाले यसले वर्गीय असमानता झन् बढाउने खतरा देखिएको छ।




भर्खरै