२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन १५ गतेभित्रमा पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले लागुऔषध नियन्त्रण ब्युरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकीन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो । ब्युरोको संस्थागत क्षमता र दक्षता अभिवृद्धि गर्न मध्यम एवं दीर्घकालीन योजना तयार गरी लागू गर्ने पनि समितिले निर्देशन दिएको छ ।

बैठकले  लागुऔषध नियन्त्रण सम्बद्ध ऐन, नियमलगायत कानुनी व्यवस्थामा गर्नुपर्ने सुधारका सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी कानुनी सुधारको प्रक्रिया अघि बढाउने निर्णय गरेको समिति सचिव विशाल सापकोटाले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण सम्बन्धमा भए गरेका सुधार कार्यसहित आव २०८३/८४ को पहिलो त्रैमासमा भएको प्रगति प्रतिवेदन आगामी कात्तिक १५ गतेभित्र पेस गर्न समितिले निर्देशन दिएको छ ।

समितिका कामकारबाही गतिशील बनाउन उपसमिति गठन

बैठकले समितिका काम कारबाहीलाई गतिशील बनाउन विभिन्न उपसमिति गठन गरेको छ । सांसद कमल सुवेदीको संयोजकत्वमा ११ सदस्यीय कार्यविधि मस्यौदा तर्जुमा उपसमिति गठन गरेको छ ।

समितिमा दर्ता भएका र हुने विभिन्न उजुरी अध्ययन विश्लेषण गरी समस्या समाधानका सुझाव दिनेगरी सांसद श्रद्धा कुँवर क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय उजुरी अध्ययन तथा सुझाव सिफारिस उपपसमिति गठन गरेको छ । समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय एवं निकायको कामकारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न चार उपसमिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयमा समन्वय गर्न डा अमरेशकुमार सिंह, गृह मन्त्रालयमा समन्वय गर्न दीपकराज बोहोरा, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कमल सुवेदी, संवैधानिक निकायमा समन्वय गर्न सुरेन्द्र चौधरीको संयोजकत्वमा सात÷सात सदस्यीय उपसमिति गठन गरेको छ ।

बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उपत्यका बाहिर कार्यालय र कारागार कार्यालयको संयुक्त रूपमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमन टोलीमा पाँच सांसद र दुई जना कर्मचारी रहनेगरी बढीमा सात जनासम्मको अनुगमन टोली गठन गरी गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापन तयारी सम्बन्धमा समितिले दिएको निर्देशनको कार्यान्वयन प्रगति तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषध नियन्त्रण ब्युरोको आव २०८२/८३ को हालसम्मको कार्य प्रगति एवं आगामी त्रिवर्षीय कार्ययोजनाका सम्बन्धमा समितिलाई जानकारी गराउनुभयो ।

समिति सचिव विशाल सापकोटाले अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगतिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । रासस