२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी



अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत माग्नुभएको छ।

आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो। व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ।”

सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए। हाल बस्न र खान सहज भए तापनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको उनीहरूले गुनासो गरे।

पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिनुभएको छ। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार (रेस्क्यु) गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उहाँले कडा निर्देशन दिनुभयो।

गृहमन्त्री आफैं भेट्न आएपछि पीडित सुकुम्बासी परिवारमा नयाँ आशा जागेको छ। अब गृहमन्त्री गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएका छन्।