२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु



अ+ अ-

टोकियो। पानी भण्डारण ट्याङ्कीमा ‘भल्भ’ बिग्रिएको हुनसक्ने प्रक्षेपणपछि पहिले नै समस्याग्रस्त मानिएको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविकरूपमा दूषित फोहोर पानी समुद्रमा छोड्ने काम बिहीबार दिउँसो फेरि सुरु भएको क्योदो न्यूजले जनाएको छ ।

पानी छोड्ने प्रक्रियाको क्रममा असामान्य प्रणालीको चेतावनी दइएपछि बुधबार दिउँसो ‘डिस्चार्ज’ स्वचालित रूपमा रोकिएको थियो ।

प्लान्ट सञ्जालक संस्था ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्ग्स (टेप्को)’ ले पानी भण्डारण ट्याङ्कमा ‘भल्भ’ बिग्रिएको हुन सक्ने बताएपछि सम्बन्धित उपकरणहरू प्रतिस्थापन गरेपछि पानीलाई फाल्नेकाम पुनः सुरु गरिएको थियो ।

टेप्कोले जुन १ देखि फुकुशिमामा आणविक दूषित पानीको २० औँ चरणको निकास सुरु गरेको थियो।

कम्पनीको पहिले घोषणा गरिएको योजना अनुसार, पछिल्लो पटक पानी रिहा गर्ने काम जुन १९ सम्म जारी रहने छ ।

यो अवधिमा लगभग सात हजार ८०० टन फोहोर पानी समुद्रमा छोड्ने अपेक्षा गरिएको छ । यसमा लगभग १.३ ट्रिलियन रेडियोधर्मी ‘ट्रिटियम’ रहेको अनुमान गरिएको छ । रासस