२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आयोजनामा फिफा क्लब विश्वकप हुने



अ+ अ-

चीनको आयोजनामा हुने पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ । सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को बर्ष आयोजना गर्ने पक्का भएको हो । चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने फिफा अध्यक्ष जियानी ईन्फाटिनोले बताएका छन् ।

युरोपका ठुला क्लबहरुले यसअघिनै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । पछिल्ला दुई संस्करणको क्लब विश्वकपको आयोजना कतारले गरेको थियो । जसमा ७ महादेशका उत्कृष्ट ७ क्लब सहभागी थिए । सन् २०१९ को क्लब विश्वकप डिसेम्बर ११ बाट सुरु हुनेछ ।

चिनको साङ्घाईमा भएको फिफा काउन्सिलको बैठकमा ईन्फान्टिनोले क्लब विश्वकप चीनमा आयोजना गर्ने निर्णय एतिहासिक र एसियाको क्लब फुटबल विकासमा महत्वपुर्ण हुने बताएका छन् । स्विस मुलका ईटालियन अध्यक्ष ईन्फान्टिनोले भने, ‘यो नै पहिलो साँचो अर्थमा विश्वकप हुनेछ । जहाँ उत्कृष्ट क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।’