५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु



अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’ सुरु भएको हो ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले कोर्स यही असार ४ गतेसम्म हुने बताउनुभयो । उहाँले जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि विसं २०६०, २०७४ र २०८२ मा भएको बताउनुभयो । फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रम सञ्चालन हुनुपर्नेमा उहाँको जोड छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरुलाई समावेश गरिएको सङ्घले जनाएको छ ।

जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको प्रशिक्षणमा सुदूरपश्चिमभरिका ४५ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकका एन्फाको प्राविधिक टोली खटिएको छ ।