५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु



अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।

महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो । राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा उहाँले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आव २०८२÷०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।

उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहभागिता र सक्रियताको अपेक्षा गर्दै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हितलगायतका विधा समेटिएका छन् ।