२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधी चितवनलाई



अ+ अ-

काठमाडौँ । वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) क्रिकेटको उपाधि चितवन राइनोज वुमनले जितेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले काठमाडौँलाई ४५ रनले हरायो।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १२ रन जोड्यो। काठमाडौँ निर्धारित २० ओभरमा ६७ रनमा सिमित भयो।

रितु कनौजिया र सुमन खतिवडाले तीन तीन विकेट लिए भने रेखा रावलले दुई विकेट लिइन्। रेखाले ४ ओभरमा एक मेडन राखेर ९ रन खर्चिइन्। रितुले ४ ओभरमा एक मेडन राखेर ७ रन खर्चिइन्। सुमनले चार ओभरमा एक मेडन राखेर ११ रन खर्चिइन्। त्यसअघि चितवनको पालीमा सुमन खतिवडाले २९, इन्दु वर्माले अविजित २२, कन्चन श्रेष्ठले १९ र काजल श्रेष्ठले २१ रन बनाए।