२ असार २०८३, मंगलवार
,
Latest
राहदानी आपूर्ति प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा मेलम्ची बाढीको ५ बर्ष, ग्राउण्ड रिपोर्टिङ-पुनःस्थापना, पुनर्निर्माण र जीविकोपार्जन अपेक्षाकृत हुन सकेन प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा संसदमा मतदान गर्नुपर्ने अवस्था आयोः सांसद यादव राईको प्रश्न : दशकौँदेखि बसोबास गर्ने नागरिकले कहिले पाउँछन् लालपुर्जा ? स्काभेटरसहित अवैध उत्खननमा प्रयोग भएका १० टिपर नियन्त्रणमा कति छ आज सुनचाँदीकाे मूल्य ? धरौटी बुझाएर सेफ सन्तोष साह छुटे एल निनोको प्रभाव: नेपालमा मनसुन प्रवेश अझै केही दिन ढिला हुने प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छः सांसद हमाल फिफा विश्वकप: डिशहोम मार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मप विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै



अ+ अ-

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ ।

विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार ३ गते एकै दिन गर्ने भएको हो ।

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्नेगरी तय भएको उहाँले बताउनुभयो ।

संयोजक डा खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् । समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा खड्काले जानकारी दिनुभयो ।

मप विश्वविद्यालयका उपकुलपति डा नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव २०८३÷०८४ को प्रस्तावित रु एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताउनुभयो ।