२ असार २०८३, मंगलवार
,
Latest
सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी धनगढीमा नेता सिंहमाथि भएको आक्रमणप्रति सांसद महरद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट नहटेसम्म संसदमा हाम्रो विरोध जारी रहन्छः सांसद हमाल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदको दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आफूहरुले त्यसको विरोध कार्यलाई जारी राख्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने अडान राख्नु भएको हो ।

सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हो ? भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हामीले माग गरिरहेका छौँ प्रधानमन्त्रीले बोलेका कुराहरु फिर्ता लिनुस् । र माफी माग्नुस । त्यतिमात्रै होइन सभामुख महोदय । हामीले भनिरहेका छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाईयोस । यतिका दिन भईसक्यो । सभामुखज्यूसँग हामीले कुराकानी पनि ग¥यौै । तर प्रतिफल अपेक्षित आएको छैन ।  त्यसैले गर्दा हामीले विरोध जारी राख्नु  परेको छ । हामीले विरोधको यो रुप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो ? सभामुखले यथाशिघ्र यसको सम्बन्धमा हामीलाई जानकारी दिनु प¥यो, रुलिङ गर्नुप¥यो । हाम्रा परराष्ट्रमन्त्रीजी चीनको मैत्रीपूर्ण भ्रमणमा हुनुहुनछ । हामी विश्वास गर्दछौँ–उहाँले दुई देशबीचको सम्बन्धलाई प्रगाढ रुपमा अघि बढाउनका लागि मद्दत गर्नु हुनेछ ।’

सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।




भर्खरै