२ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा ‘डिएपी’ मल अभाव अध्यक्ष सिटौलाकाे प्रश्न्ः विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, कार्यविधि र व्यवस्थापनसम्बन्धी नीति खोई ? सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य विपद्को पूर्वतयारीबारे सदनलाई जानकारी गराउन सांसद गजुरेलको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधवारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन शुरु भई अत्यधिक वर्षा (क्लाउड बस्र्ट रेन) हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्‍याउन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद गजुरेलले भन्नुभयो, ‘नागरिकको जीवन, सडक, पुल, विद्युत्, सञ्चार उपकरण र अस्पतालजस्ता सार्वजनिक संरचनाको सुरक्षाका लागि सरकारको तयारी कस्तो छ, केही थाहा हुन सकेको छैन । राहत र उद्धारमा खटिने स्वयंसेवक, रेडक्रस र सुरक्षा निकायको परिचालनका विषयमा पनि स्पष्टता छैन ।’

यसैगरी, नेपालको पश्चिमी भागमा आगामी १० दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा (लू) चल्ने पूर्वानुमान रहेकाले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के–कस्तो कदम चालिरहेको छ ? भनी उहाँले प्रश्न गर्नुभयो ।

विपद् पूर्वतयारीका विषयमा गृहमन्त्रीले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्दै सांसद गजुरेलले यसका लागि सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गर्नुभयो । उहाँले सम्भव भएसम्म आजैको बैठकमा वा अर्को बैठकमा मनसुनजन्य विपद् प्रतिकार्य योजनाबारे विस्तृत जानकारी गराउन माग गर्नुभएको छ ।