२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले हराएको छ । बुधबार राति भएको समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई हराएको हो । लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राखेका छन् ।

यो संगै गएरातीको खेलमा बार्साले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो । अर्तुरो भिडालको पासलाई असस्टि गर्दै मेस्सीले गोल गरेका थिए । तर खेलको ५० औ मिनेटमा जान बोरिलले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । तर खेलमो ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढ्न सक्यो र जित आफ्नो टिमलाई दिलायो ।

स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौ जित निकाल्न सफल भएको छ । समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंक सहित तालिकाको पुछारमा छ ।