३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद चन्द्रमोहन यादवको आपत्ति



अ+ अ-

काठमाडाैँ । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनु भयो । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकुचित देखिएको उहाँको तर्क थियो ।

उहाँले प्रश्न गर्नुभयो, ‘सभामुख महोदय, यहाँले सदनको अभिभावकका रूपमा यसको सम्मान बढाउनुपर्ने हो । के यहाँले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन ? प्रधानमन्त्रीज्यूले सीमाका बारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यसले देश भित्र मात्र नभई बाहिर पनि अनेकौँ प्रश्न जन्माएको छ । छिमेकी मुलुकसँगको वर्षौँदेखिको सुमधुर सम्बन्धमा यसले नकारात्मक असर पारेको छ र हाम्रो राष्ट्रियतामाथि भद्दा मजाक उडाउने ठाउँ दिइएको छ ।’

प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पुर्‍याएको बताउनु भयो ।

उहाँले राष्ट्रियताको यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको भनाइलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोमा समेत आश्चर्य र खेद प्रकट गर्नुभयो । संसद ३ करोड नेपालीको आशा, विश्वास र पूर्खाको बलिदानीपूर्ण सङ्घर्षको प्रतीक भएको स्मरण गराउँदै यादवले यसलाई कमजोर बनाउने काम कसैबाट हुन नहुनेमा जोड दिनुभयो ।

सदनमा प्रतिपक्षले उठाएका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै उनले वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी समेत गर्नुभयो ।