३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुग्ण उद्योगको पुनःसञ्चालन र पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिनेछौँः उद्योगमन्त्री



अ+ अ-

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०८३\८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको बुधवार जवाफ दिँदै मन्त्री कुमारीले सातवटा सरकारी उद्योगहरूको सम्पती र दायित्व मूल्याङ्कनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो।

अर्थ मन्त्रालयमार्फत भइरहेको उक्त अध्ययनका आधारमा उपयुक्त मोडालिटी तयार गरी ती उद्योगहरूलाई सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । मन्त्री कुमारीकाअनुसार सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको ३ महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । यसै सिलसिलामा सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढेको तथा सर्लाहीमा भण्डारण स्थल निर्माणका लागि जग्गा व्यवस्थापन र प्राविधिक कार्य भइरहेको उहाँले सदनलाई जानकारी गराउनु भयो ।

औद्योगिक पूर्वाधार विकासतर्फ कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति र प्लट व्यवस्थापनको काम भइरहेको तथा शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्रको निर्माणलाई तिब्रता दिइने मन्त्रीले बताउनु भयो । यस्तै, सुर्खेतमा सिमेन्ट उद्योगका लागि पहुँच सडक निर्माण र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

खनिज अन्वेषणका सन्दर्भमा दैलेखमा भइरहेको पेट्रोलियम परियोजनाको ड्रिलिङ कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त हुने चरणमा रहेको र चोखा लगायतका क्षेत्रमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरिने मन्त्रीले उल्लेख गर्नुभयो । चिया र अलैँची जस्ता कृषि उपजको भण्डारणका लागि निजी क्षेत्रसँगको साझेदारीमा वेयर हाउस निर्माण गर्ने र साना तथा मझौला उद्योगका लागि सहुलियतपूर्ण विद्युत महशुल निर्धारण गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रीले भन्नुभयो,‘चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ ।’बजार व्यवस्थापन र उपभोक्ता हितका विषयमा बोल्दै मन्त्रीले अन्तर्राष्ट्रिय असहज परिस्थितिका बाबजुद पेट्रोलियम पदार्थको आपूर्ति प्रभावकारी बनाइएको दाबी गर्नुभयो ।

बजार अनुगमनलाई तिब्रता दिन प्रदेश, जिल्ला र स्थानीय तहमा निरीक्षण अधिकृतहरू तोकिएको र वैदेशिक व्यापारलाई पारदर्शी बनाउन सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरूमा स्क्यानर मेसिन जडान गरिने उहाँले बताउनु भयो ।

लगानीकर्ताका लागि सेवा प्रवाहमा सरलीकरण गर्न उद्योग विभागमा एकल विन्दु सेवा केन्द्रलाई सुदृढ बनाइएको र आगामी दिनमा मन्त्रालयअन्तर्गतका सबै सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने प्रतिवद्धता समेत मन्त्रीले व्यक्त गर्नुभयो । नवीन सोच भएका युवाहरूका लागि स्टार्टअप उद्यम कर्जा र उद्यमशीलता विकास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने उहाँको भनाइ थियो ।