२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको दुई गोलमा वायर्नको जित



अ+ अ-

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा वायर्नले ग्रिसको ओलम्पियाकोसलाई ३–२ गोल अन्तरले हराएको हो । ओलम्पियाकोसको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाई वायर्नले जित निकाल्न सकेको थियो ।

वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । कोर्टिन टोलिस्सोको नाममा एक गोल रह्यो । ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल फर्काए ।

ओलम्पियाकोसविरुद्धको जितसँगै समूह बी को वायर्नले शतप्रतिशत जितलाई कायम राखेको छ । वायर्नले ३ खेलमा ९ अंक जोडेको छ । र, वायर्न लिगको शीर्ष स्थानमा छ ।