२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टर्लिङको ह्याट्रिकमा सिटीको दबाब



अ+ अ-

काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिकको सहयोगमा म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले ईटालीको एटलान्टालाई ५–१ गोल अन्तरले हराएको हो । सिटीको स्टर्लिङ ह्याट्रिक गरेर नायक बने । खेलमा अग्रता एटलान्टाले २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलबाट लिएको थियो । ३४ औ मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल गरे ।

त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीलाई २–१ ले अघि बढाउन सफल रहे ।५८ औ मिनेटमा स्टर्लिङले ब्यक्तिगत रुपमा गोलको खाता खोल्दै सिटीलाई ३–१ को अग्रता दिलाए । ६४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

८२ औ मिनेटमा फोडिन रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । समूह सीको खेलमा सिटी सतप्रतिशत नतिजा सहित ९ अंक जोड्न सफल रह्यो ।