२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने



अ+ अ-

काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र अमेरिकी फुटबलका प्रमुख कार्यालय अधिकृत ब्रेन रेमिडीबीच नेपाली फुटबलमा अमेरिकी सहयोग सम्बन्धि मुख्य चार बुँदे सहमती बनेको छ । यस संगै नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने भएको छ ।

एन्फा अध्यक्ष शेर्पाले अमेरिकी फुटबल महासंघका प्रमुख कार्यालय अधिकृत रेमिडीसंग भेट गरेर नेपाल फुटबल विकासमा अमेरिकाले गर्न सक्ने सहयोगको औपचारिक निर्णय गरेका हुन् । उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।

सहमती अनुसार अमेरिकाले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्ने निर्णय भएको छ । त्यस्तै, युवा तथा उत्कृष्ट सिनियर खेलाडी स्काउट सम्बन्धि कार्यशाला ल्याउने समझदारी दुवै पक्षबीच बनेको छ ।

अमेरिकामा रहेका नेपाली प्रशिक्षकलाई प्रशिक्षण कोर्स उपलब्ध गराउन अमेरिकी फुटबल महासंघ सकारात्मक रहेको छ । सन् २०२६ को विश्वकपको प्रचार नेपालको सर्वोच्च शिखर सगरमाथाबाट सुरु गर्न अमेरिका निकै ईच्छुक देखिएको छ ।