१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार वर्षपछि गाउँ झिलीमिली



अ+ अ-

{पाल्पा । {पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन् । स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो ।

सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।

लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताउनुभयो । “ग्रामीण भेग भएकाले जो कसैले पनि जिम्मेवारी लिएर काम गर्न चाहदैनन्, बजारदेखि टाढा रहेको यस क्षेत्रमा स्थानीयको सहयोगमा सहकारीले गाउँमा विद्युत् विस्तारको जिम्मा लिएर काम गरेको हो”, उहाँले भन्नुभयो ।

विद्युतीकरणका लागि उपभोक्ताबाट प्रतिघरधुरी रु दश हजार रकम उठाइएको छ । वर्षौदेखि टुकीको भरमा जीवन बिताएका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुशी भएको स्थानीय गङ्गा पङ्गेनी बताउनुहुन्छ ।

यस क्षेत्रमा विद्युत् लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्दै आइरहेको उहाँको भनाइ थियो । अब विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको पङ्गेनीले बताउनुभयो । यस क्षेत्रमा विद्युत् लाइनको अभावमा विद्यालय, विभिन्न सङ्घसंस्थामा काम गर्न समस्या थियो । सामान्य कामका लागि रामपुर नगरपालिका नै जानुपर्ने समस्या रहेकोमा अब विद्युत् सेवाको शुरुआत भएपछि ठूलो राहत पुग्ने वृहस्पति प्राथमिक विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो ।

विद्युत् लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत् विस्तार गर्ने योजनाअन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ । बाँकी वडामा विद्युत् विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको छ ।