१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोट बनाउने मेसिनसहित ३ जना पक्राउ



अ+ अ-

काठमाडौं । राजधानीको बौद्धबाट नक्कली नोट बनाउने मेसिनसहित ३ जना पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा सोमबार बिहान महानगरीय प्रहरी बौद्धले छापा मार्दा नक्कली नोट बनाउने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ३ बाट नक्कली नोट बनाउने मेसिनसहित महेन्द्र नेपाली, पृथ्वीराज भन्ने राजन परियार र सन्तोष नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीले एक हजारका १७ थान नक्कली नोट, अगाडि खाली भएको र पछाडितिर हात्ती प्रिन्ट भएका एक हजार जस्तो देखिने १५ थान नक्कली नोट बरामद गरेको हो। नक्कली नोट बनाउने मेसिन, नोटमा राखिने टल्कने (झिलझिले) वस्तु, पेन ड्राइभ, प्रिन्टर, कैची, पानीटेप, फेविकलकालगायतका सामान बरामद गरिएको सुवेदीले जानकारी दिए। दोलखा घर भएका उनीहरु बौद्धमा कोठा लिएर बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।