१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै



अ+ अ-

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर दायाँ र बायाँ बनेका छाप्रा र पसल हटाउने कार्य आज यहाँको भानुचोकदेखि शुरु हुने वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए। आइतबार बिहान यहाँको शिवमन्दिर क्षेत्रबाट बसपार्कसम्मका सडक छेउका अतिक्रमण गरी बनाइएका संरचना हटाइएको प्रहरी निरीक्षक बुढथापाले बताए ।