१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा (नेकपा) को एकता सम्पन्न



अ+ अ-

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ । आज बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा, कुशेगाउँपालिका अध्यक्षमा गुम्ब सिंह र सचिव नरबहादुर मल्ल र बारेकोट गाउँपालिका अध्यक्षमा हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै शिवालय गाउँपालिका अध्यक्षमा रङ्गनाथ योगी, सचिव गोपाल घर्ती रहेको (नेकपा) जाजरकोटका सहइञ्चार्ज नीरज आचार्यले जानकारी दिए । त्यसैगरी जिल्लामा सात कार्यालय टिमसमेत गठन गरिएको छ । कार्यालय टिममा ढकवीर राना, करवीर शाही, प्रताव जैशी, वेदबहादुर शाही, चन्द्र थापा, प्रेम घर्ती र जनकराज शर्मा रहेका छन् । त्यस्तै जिल्ला समितिको सचिवालयमा ४५ जनालाई समावेश गरिएको छ ।

१६ लाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र नं १ मा संयोजक नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव रहनुभएको छ । त्यस्तै क्षेत्र नं २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहेका छन् । २२ विभाग, १४ जनसङ्गठन, वडा कमिटीका इन्चार्जसमेत तोकिएको सहइञ्चार्ज आचार्यले जानकारी दिए । त्यस्तै बैठकले पालिकास्तरीय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ ।

कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहइञ्चार्ज नीरज आचार्यले प्रशिक्षण दिनेछ भने बारेकोट गाउँपालिकामा आचार्यले दिनुहुने बैठकले निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले एकता टुङ्गो लगाएको हो । एकता सम्पन्न गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट आएका थिए ।