काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ ।
अमेरिकाको ह्युस्टन रंगशालामा ६९ हजार दर्शकको उत्साहजनक उपस्थितिबीच शनिबार राति सम्पन्न खेलमा डच टोलीलाई जिताउन कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई–दुई गोलको योगदान दिए ।
उनले खेलको ५औं मिनेटमा कोडी गाक्पोको क्रसलाई गोलमा परिणत गर्दै खाता खोलेका थिए भने १७औं मिनेटमा डेन्जेल डमफ्रिजको पासमा व्यक्तिगत दोस्रो गोल थपे । पहिलो हाफमा २-० को अग्रता बनाएको डच टोलीले दोस्रो हाफको सुरुवातमै स्वीडेनको पुनरागमन गर्ने आशलाई समाप्त पारिदियो ।
दोस्रो हाफको ४७औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै अग्रता ३-० पुर्याए । त्यसको केही मिनेटमै ५४औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४-० बनाए । गाक्पोको यो गोलसँगै जारी विश्वकपमा गोलको संख्या १०० पुगेको पुग्यो । जुन सन् १९५८ को विश्वकप यताकै सबैभन्दा छिटो १०० गोल पूरा भएको कीर्तिमान हो । स्वीडेनका लागि ५९औं मिनेटमा एन्टनी इलाङ्गाले एक सान्त्वना गोल फर्काए।
खेलको अन्त्यतिर ८९औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सको ५-१ को सानदार जित पक्का गरे ।
यो जितसँगै नेदरल्याण्ड्स ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ, पराजित स्वीडेनलाई अब नकआउट चरणमा पुग्नका लागि आफ्नो अन्तिम खेलमा जापानलाई हराउनै पर्ने दबाब बढेको छ ।












