१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट भारत जाँदै गरेको बस लखनउमा दुर्घटना



अ+ अ-

काठमाडौं । नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। आइतबार बिहान बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार बस चालक निदाएपछि ट्रकसँग ठोक्किन पुगेको हो । उक्त बसमा कम्तीमा पनि ५० जना सवार रहेको र प्राय: नेपालीहरू नै रहेका छन्। दुर्घटनापश्चात बस चालक भने फरार छन्।

घाइतेहरू नविना थापा, नन्दु, तेक बहादुर, धनकुमारी थापा, अनिता थापा,तारा,प्रेम,मुमा देवी थापा, चरन विष्ट, सुनिता विष्ट लगायतका उपचार भारतको लोहिया अस्पतालमा भइरहेको जनाइएको छ।