१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने



अ+ अ-

काठमाडौं । इटालियन निर्माण कम्पनी सिएमसिले काम सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिने भएको छ । राष्ट्रिय गौरबको योजनामा पर्ने सो आयोजनाको बाँकी रहेको भनिएको पाँच प्रतिशत काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोसँग सम्झौता भएर उक्त कम्पनीको कार्यक्षेत्रमा गएसँगै कामले गति लिने देखिएको हो ।

सो आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महिना पहिले १५ महिनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा गएर आवश्यक तयारीको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्षेत्रमा काम नै गर्न थालेपछि अवधि शुरु हुनेछ ।”

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताउनुभयो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ । वर्षाअघि नै नदिमा बाँध बाँध्ने काम सम्पन्न हुने उहाँले बताउनुभयो । वर्षाका समयमा गर्न नमिल्ने काम वर्षा अघि सक्दा पनि एक वर्षभित्रैमा काम सक्ने उहाँको विश्वास छ । आयोजनाले ‘हेडवर्क’, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । जसमध्ये ‘हेडवर्क’ र सुरुङमार्गको काम सिनोहाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माणमा दुई निर्माण कम्पनीले गरिरहेका छन् ।

आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भएपनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने वरिष्ठ डिभिजनल इन्जिनियर पन्तले बताउनुभयो । सिएमसिले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने रकम दिन बाँकी हुँदा समस्या आउन सक्ने देखिएको छ । त्यस बाहेक ‘हेर्डवर्क’मा भौतिक अवरोध कम रहेको उहाँले बताउनुभयो । पहिले गिट्टि, बालुवा आपूर्ति गर्न, रुख कटान, चट्टान बिस्फोटनलगायतका धेरै अवरोध रहेका थिए । उहाँले भन्नुभयो, “अहिले काम नै अवरुद्ध हुने गरी समस्या कम रहेका छन् ।”

यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भएकामा एउटा सम्पन्न भइसकेको छ भने अर्को ट्याङ्की निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । यहाँको प्रशोधन केन्द्र दुबैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियन विकास बैङ्क (एडिबि)को आर्थिक सहयोगमा निर्माण भएकोे पन्तले बताउनुभयो ।

यस्तै सिएमसिले निर्माणको काम अलपत्र छाडेसँगै केही समय पहिले परामर्शदाता, एशियाली विकास बैङ्क, आयोजनाका प्रतिनिधिलगायतले स्थलगत निरीक्षण गर्दा ‘हेडवर्क’ र सुरुङमा काम बाँकी रहेको पाइएको थियो । मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी रहेको छ । विद्युतीय प्रणालीबाटै विभिन्न गेट खोल्ने र लगाउने गरी निर्माण भइरहेकामा सम्पन्न भइसकेको छैन । गेटको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी छ । टर्नेलमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी छ । टर्नेल भित्र हावा बन्द हुँदा पानी नबग्ने हुँदा तीन वटा ‘भेण्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा बाँकी रहेको बताइएको छ । खेर जाने पानीलाई वाग्मतीमा खसाल्नका लागि वाग्मती भ¥याङजस्तै संरचना बनाइने पन्तले जानकारी दिनुभयो । दुई प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न भइसकेको छ भने निर्माणाधीन केन्द्रमा पनि झण्डै ९० प्रतिशत काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत, सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङमा माथिबाट खसेर यहाँका संरचनालाई क्षति नपुगोस भनी २७.५ किलोमटिरमै प्रारम्भिक ‘सपोर्ट’को काम सकिएको छ ।

झण्डै एक लाख घनमिटर कमजोर चट्टान काटेर फालेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुइँमा अन्तिम ढलानको काम झण्डै २५.३ प्रतिशत मात्रै बाँकी छ ।