९ असार २०८३, मंगलवार
,
Latest
मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु गरिएको छ।

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार देशभरबाट आएका प्रतिनिधिहरूलाई परिचयपत्र वितरण भइरहेको छ। परिचयपत्र वितरण कार्य सम्पन्न भएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

उनका अनुसार बन्दसत्रका बाँकी कार्यसूचीबारे समेत आवश्यक छलफल भइरहेको छ।

चितवनको भरतपुरमा आइतबारदेखि जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४ हजार ५ सय प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनमार्फत पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।