९ असार २०८३, मंगलवार
,
Latest
मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पुष्पा चौधरी थारुले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। पार्टी स्थापनाकालदेखि नै सङ्गठन निर्माण र विस्तारमा निरन्तर सक्रिय रहँदै आएकी थारुले आफ्नो राजनीतिक यात्रालाई परिवर्तनप्रतिको साझा अभियानको रूपमा अगाडि बढाएको बताएकी छिन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै नेतृ थारुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, महिला नेतृत्व र सहभागितालाई व्यापक रूपमा विस्तार गर्ने तथा रास्वपालाई अझ बढी जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पार्टीको जगलाई तल्लो तहसम्म मजबुत बनाउँदै सङ्गठन विस्तारमा निरन्तर योगदान दिने बताउँदै चौधरीले पार्टीका हरेक तह र तप्कामा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

रास्वपाले अङ्गीकार गरेको आन्तरिक लोकतन्त्रको जगलाई थप पारदर्शी, बलियो बनाउने, जनमुखी एवं उत्तरदायी राजनीति संस्कार अभिवृद्धि गर्दै पार्टीलाई जनताका वास्तविक समस्यासँग जोड्दै असल राजनीतिक संस्कारको विकासमा क्रियाशील रहने उनी बताउँछिन् ।

नेतृ पुष्पा चौधरी थारुले आफ्नो निष्ठा, सक्रियता, अनुभव र पार्टी स्थापनादेखि हालसम्मको योगदानलाई मूल्याङ्कन गरिदिन आग्रह गरेकी छिन्। उनले सबल सङ्गठन, समावेशी नेतृत्व र उज्ज्वल भविष्यका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत र समर्थन दिन हार्दिक अपिल समेत गरेकी छिन्।

राजनीतिक परिवर्तन र नयाँ पुस्ताको नेतृत्व विकासका लागि उनको यो उम्मेदवारीलाई रास्वपाभित्र उत्साहका साथ हेरिएको छ।