११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको लाभ नपाएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरे। यति ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको अवस्था दुःखद रहेको उनको भनाइ छ।

आयल निगमले ‘नेपालले कच्चा होइन, प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तुरुन्तै घट्दैन’ भन्ने तर्क प्रस्तुत गर्दै आएको उल्लेख गर्दै पौडेलले यसलाई मात्र आधार बनाएर मूल्य समायोजन नगर्नु उचित नभएको बताए।

कच्चा र प्रशोधित तेलको मूल्यबीच प्रशोधन खर्च तथा केही समयको अन्तर रहने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतमा समेत प्रभाव पार्ने उनको तर्क छ।

पौडेलले मूल्य घटिरहेको वास्तविक अवस्था र तथ्यबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक कारण देखाएर उपभोक्तालाई राहतबाट वञ्चित गरिएको आरोप लगाए।

यसले सरकार र निगमभित्र सुशासन, पारदर्शिता तथा व्यवस्थापकीय क्षमतामा प्रश्न उठाएको उनको भनाइ छ।
उनले स्वचालित मूल्य प्रणालीअनुसार नियमित रूपमा आउने मूल्यसूचीका आधारमा इन्धनको मूल्य बढ्दा र घट्दा समान रूपमा लागू गरिनुपर्ने बताए। “मूल्य बढ्ने बेला तत्काल लागू हुने तर घट्ने बेला ढिलाइ हुने प्रवृत्तिले उपभोक्तामाथि अन्याय भएको छ,” उनले भने।

महामन्त्री पौडेलले घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर सहयोग गर्ने तर मूल्य घट्दा त्यसको लाभ नपाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।