१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचियो मैतीदेवी मन्दिरको जग्गा



अ+ अ-

काठमाडौं । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करीब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ ।

पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये विसं २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको छ । वडा कार्यालयले नर्सरी सञ्चालन गर्न जग्गा दिएपछि मन्दिर क्षेत्र अस्तव्यस्त बनेको दर्शनार्थी रामसुन्दर बजगाईंले गुनासो गर्नुभयो ।

मन्दिरको जग्गाबाट नर्सरी हटाउन पहल भइरहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नहुँदा शहरी विकास तथा भवन निर्माण विभागले तोकेको कर्मचारी संयन्त्रले मन्दिर सञ्चालन गर्ने गरेको थियो । हाल काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्षको अध्यक्षतामा मन्दिर क्षेत्र प्रबन्ध समिति बनेको छ ।

समितिले मन्दिर क्षेत्रलाई सुन्दर एवं आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन लागेको अध्यक्ष दलबहादुर कार्कीले सुनाउनुभयो । बाक्लो बस्तीका बीचमा रहेको धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित बनाई आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने वडाको योजना छ ।

मन्दिर व्यवस्थित बनाउन सञ्चालन निर्देशिका मस्यौदा गरी काठमाडौँ महानगरपालिका कार्यपालिकामा पेश गरिएको समिति सदस्य विश्वराज रेग्मीले बताउनुभयो । नगर कार्यपालिकाले निर्देशिका पारित गरेपछि नर्सरीलाई हटाई मन्दिर क्षेत्र थप आकर्षक र व्यवस्थित गर्न लागिएको हो । मैतीदेवी मन्दिरअघिको धर्मशाला चार वर्षअघिको भूकम्पले भत्किएपछि अझै पुनःनिर्माण हुन सकेको छैन ।

पशुपतिनाथमा गाईले दूध चढाएपछि खनेर हेर्दा ठूलो ढुङ्गा भेटिएको थियो । ढुङ्गालाई बञ्चरोले हान्दा तीन टुक्रा भयो । एक टुक्रा हालको पशुपतिनाथ मन्दिरमै रहेको छ । अर्को टुक्रा ज्ञानेश्वरको महादेव मन्दिरमा छ । तेस्रो टुक्रामा मैतीदेवी मन्दिर बनेको किंवदन्ती प्रचलित छ । पशुपतिनाथ मन्दिरको तुलनामा मैतीदेवी ज्ञानेश्वरको महादेव मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।




भर्खरै