काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी आन्दोलन नेपालको वामपन्थी र लोकतान्त्रि आन्दोलनलाई लक्षित गर्दै रचिएको गम्भीर षड्यन्त्र भएको बताउनु भयो ।
वैधानिक सरकारलाई अवैधानिक ढंगले भङ्ग गर्ने आन्दोलन कुनैैपनि हालतमा लोकतान्त्रिक आन्दोलन हुन नसक्ने टिप्पणी गर्नुभयो । जनता निराश हुने कुनैपनि कार्य आफूले नगरेको उहाँको भनाइ छ । उहाँले केही कमजोरीबारे आत्मसमिक्षा गरेपनि मुलुकलाई आफूले नै बर्बाद पारेको भन्ने भाष्य गलत भएको बताउनु भयो ।
उहाँले मुलुकको हित र विकासमा आफ्नो योगदान सूचकमा हेर्नुपर्नेमा जोड दिनुभयो ।











