१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही वर्षमै परिवर्तनको आभाष हुन्छ : मन्त्री बाँस्कोटा



अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा)द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि अघि बढाइरहेका छौँ ।” सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गर्नुभयो ।

उहाँले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जानुपर्नेमा जोड दिनुभयो । “मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ,” मन्त्री बाँस्कोटाले भन्नुभयो, “तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।”

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित उक्त महोत्सवमा २० कृषि उत्पादनका स्टलसहित स्थानीय समुदाय तथा व्यापारिक प्रयोजनका १०५ स्टल रहेको महोत्सव संयोजक एवं आयोजक संस्थाका सचिव जीवन नेपालले जानकारी दिनुभयो । उद्घाटनअघि झाँकीसहितको र्यालीले पाँचखाल नगर परिक्रमा गरेको थियो । महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।




भर्खरै