१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई गरिमा पछि फौजी कीराको चिन्ता



अ+ अ-

चितवन । थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पुर्याएको छ ।

कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाइएको धानमा फौजी कीरा देखा परेको हो । बाला पसाएकोदेखि काटेर सुकाएको धानसम्ममा कीराले नष्ट गरेको छ । कतिपय स्थानमा ८० प्रतिशतसम्म धानको बाला कीराले काटेको क्षेत्रीले जानकारी दिनुभयो ।

दुई महीना अघि केही स्थानमा फौजी कीरा देखिए पनि तत्काल सिफारिस गरिएका विषादीले नियन्त्रणमा आएको भए पनि पुनः झण्डै दुई सातायता समस्या देखिएको क्षेत्रीको भनाइ छ । फौजी कीरा दिनभर गाँज, झार, धाँजा फाँटेको खेतमा लुक्ने भए पनि राति बाहिर निस्किएर धानको बाला काट्ने गरेको उहाँले जानकारी दिनुभयो ।

फौजी कीराले ती स्थानमा के कति क्षेत्रफलमा असर पुर्यायो भन्नेबारेमा वास्तविक तथ्याङ्क आई नसके पनि प्रारम्भिक तथ्याङ्कअनुसार झण्डै ५०० हेक्टर प्रभावित भएको केन्द्रले जनाएको छ । क्षेत्रीका अनुसार एउटा पोथी फौजी कीराले एकै पटकमा ५०० देखि एक हजार फुल पार्ने गर्दछ । पाँच दिनभित्र फुलबाट बच्चा निस्कने हुँदा छिटो फैलने गर्दछ । यी कीराको जीवनचक्र ३० दिनको हुने जनाइएको छ ।

केन्द्रका प्रमुख राजन ढकालका अनुसार समस्याको बारेमा जानकारी भएसँगै कार्यालयका प्राविधिक प्रभावित क्षेत्रमा पुगेर आवश्यक जानकारी लिने र विषादी सिफारिस गर्ने काम भइरहेको छ । ढकालले पाकेको धानलाई सकेसम्म छिटो थन्काउनु पर्ने बताउनुभयो । जिल्लामा यस वर्ष गरिमा जातको वर्णशङ्कर धानमा समेत समस्या देखिएको छ । यतिबेला थन्काइ सक्नुपर्ने सो जातको धान बल्ल पसाउन लागेको छ । निर्धारित समयभन्दा एक महीना ढिला गरी धान पाक्ने भए पछि अब लगाउने तयारी गरिएका बाली प्रभावित भएका छन् ।

जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षे धान एक लाख १९ हजार ७०० मेट्रिक टन र चैते धान २६ हजार मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।




भर्खरै