१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीले निर्णय गर्नेछ ।

बैठकले केन्द्रीय सङ्गठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा चयन गरेको छ । सो विभागमा यसअघि नेता वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुखमा चयन भइसक्नुभएको छ ।




भर्खरै