१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्



अ+ अ-

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीले व्यास नगरपालिकाभित्रका १८ वटा होटल तथा रेष्टुराँको आज अनुगमन गरेको छ ।

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा होटलको अनुगमन गरी स्तरीकरण निर्धारण गर्दा पाँच वटा होटलले मापदण्ड पूरा गर्न नसकेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो ।

स्तरीकरणका लागि होटल तथा रेष्टुराँको भान्साको सरसफाइ, खाद्य सामग्रीको सुरक्षित भण्डारण, व्यक्तिगत सरसफाइँ, खानेपानीको अवस्था, फोहोर व्यवस्थापन, सेवा प्रवाह, खाद्य सुरक्षा मापदण्डको पालना, अभिलेख व्यवस्थापन तथा समग्र सञ्चालन अवस्थाको मूल्याङ्कन गरिएको थियो ।

मूल्याङ्कनमा दमौलीस्थित सिद्धार्थ होटलले ‘अति उत्तम (३ स्टार)’ स्तर प्राप्त गरेको छ । खाद्य स्वच्छता तथा सेवा गुणस्तरका अधिकांश सूचकमा उत्कृष्ट अङ्क हासिल गरेपछि होटल सिद्धार्थलाई अति उत्तम स्टीकर प्रदान गरिएको छ । त्यस्तै मध्यम (एक स्टार) मा व्यास नगरपालिका–५ स्थित मानुङकोट रिसोर्ट, दुनाटपरी रेष्टुराँ, व्यास नगरपालिका–१२ स्थित हाइवे ब्रेक इभी प्वाइन्ट, कैनी भिल्ला क्याफे एण्ड रेष्टुरेण्ट, होटल हाइवे किङ, बबिना होटल एण्ड रेष्टुराँ, ए वान क्याफे र व्यास नगरपालिका–४ स्थित पिस प्याराडाइज स्तरीकरण भएको छ ।

यसैगरी सामान्यमा व्यास नगरपालिका–५ स्थित ग्रिनहिल रेष्टुराँ, होटल ड्रागन, व्यास नगरपालिका–१२ कन्टेनर कफी हब र रइस क्याफे एण्ड रेष्ट्रो स्तरीकरण भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख आचार्यले खाद्य व्यवसायलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउने उद्देश्यले नियमित रूपमा स्तरीकरण तथा अनुगमन अभियान सञ्चालन भइरहेको बताउनुभयो । उहाँले खाद्य स्वच्छतामा कुनै किसिमको लापर्वाही नगर्न र कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न सबै होटल तथा रेष्टुराँ सञ्चालकलाई आग्रह गर्नुभयो ।