१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल



अ+ अ-

काठमाडाैँ । यूरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबीच सोमबार भेटवार्ता हुनेभएको छ।

सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबीच दिनभर समस्या न्युनिकरण गर्न छलफल हुनेछ । यूरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू) ले एसियाली शक्ति राष्ट्र चीनबीच बढ्दो व्यापार असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्दै चीनतर्फ ध्यान केन्द्रित गरेको हो । यो मुद्दा इयूका लागि अस्तित्वको लडाई बनेको छ ।

ब्रसेल्सले चीनमा उत्पादित सस्ता सामानको बाढीले युरोपेली उत्पादकहरूलाई खतरा पु¥याएको भन्दै कुनै उद्योग पूरै गुम्ने डर व्यक्त गरेको छ । वाङको भ्रमण इयू नेताहरूले युरोपेली आयोगलाई बेइजिङसँग वार्ता गर्दै यो समस्या समाधान गर्न र एकैसाथ मुख्य क्षेत्रहरूलाई बचाउन थप बलियो सुरक्षा उपाय तयार पार्न निर्देशन दिएको दुई हप्ता पनि नबित्दै भएको हो ।

वर्तमान व्यापार असन्तुलन इयूका लागि असह्य भएको बिषयमा दिभरको वार्तापछि साँझ सेफकोभिकले चिनियाँ नेता वाङलाई विशेष रात्री भोजमा स्वागत गर्नुहुनेछ । सन् २०२५ मा इयूको वस्तु व्यापार घाटा करिब ३६० अर्ब यूरो (४१० अर्ब अमेरिकी डलर) पुगेको थियो अर्थात् समूहले चीनबाट निकासीभन्दा निकै बढी आयात गरेको थियो । वाङले इयूले बेइजिङविरुद्ध व्यापार बचाउ हतियार प्रयोग गर्ने धम्की कति गम्भीर छ भन्ने सुन्ने, बुझ्ने र बुझाउनु हुनेछ । इयूले आफ्नो दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग व्यापार युद्ध टार्ने आशा राखेको छ । युरोपेली आयोगका अनुसार चीनले आफूलाई अन्यायपूर्ण ठानेका कदमको प्रतिकार गर्ने स्पष्ट सङ्केत दिइसकेको छ ।

ट्रम्पको रणनीति अनुसरण गर्दै

यूरोपले समान स्तरको खेल मैदानको आवश्यकता जोड दिँदै चिनियाँ कम्पनीहरूलाई ठूलो सरकारी अनुदानका कारण अनुचित फाइदा प्राप्त भएको बताएको छ । सङ्ख्याहरूले ब्रसेल्सको तर्कलाई समर्थन गर्छन् । सन् २००५ देखि सन् २०२४ सम्म चिनियाँ कम्पनीहरूलाई सरकारी सहयोग अन्तरराष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन ( ओइसिडी) का व्यवसायहरूको तुलनामा तीनदेखि आठ गुणा बढी प्राप्त भएको थियो । ओइसिडीले यसलाई ‘रूढिवादी अनुमान’ भनेको छ ।

इयूले यो समस्या सम्बोधन गर्न व्यापार बचाउका विभिन्न उपायहरू राखेको छ । यसमा यदि अनुसन्धानले कम्पनीहरूले अनुचित रूपमा सस्तो मूल्यमा सामान बेचिरहेको वा सरकारी सहयोगले उत्पादकहरूलाई अन्यायपूर्ण फाइदा दिएको प्रमाणित भएमा उच्च भन्सार शुल्क लगाउन सकिन्छ ।आयातमा अचानक वृद्धि भएमा कोटाजस्ता सुरक्षा उपायहरू पनि लगाउन सकिन्छ ।

नयाँ उपायहरू पनि आउन सक्नेछन् । इयू व्यापार नीतिमा नेतृत्व गर्ने युरोपेली आयोगले चिप्स र दुर्लभ खनिजजस्ता महत्वपूर्ण क्षेत्रमा आपूर्तिकर्ता विविधीकरण गर्न व्यवसायहरूलाई बाध्य पार्ने उपायका लागि गरिरहेको छ । मे महिनामा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको ‘सेक्सन ३०१’ जस्तै युरोपेली उपाय प्रस्ताव गर्नुभएको थियो ।

शत्रु होइनौँ

इयूले चीनबाट बढ्दो आयात सामना गर्न धेरै कदम चालिसकेको छ । विदेशी स्टीलमा दोब्बर भन्सार शुल्क, विदेशबाट आउने साना प्याकेटमा बढी शुल्क र चिनियाँ विद्युतीय सवारीमा भारी भन्सार शुल्क लगाइएको छ । कठोर हुनुपर्ने आवश्यकता स्वीकार गर्दागर्दै पनि ब्रसेल्सले बेइजिङसँग दुखद व्यापार युद्ध गर्ने कुनै चाहना देखाएको छैन । बेइजिङले चीनलाई लक्षित ठानेका कुनै पनि उपायको जवाफ दिन तयार रहेको चेतावनी दिएको छ । यो चेतावनी खाली धम्की होइन ।

चीनले यसअघि युरोपेली कोन्याक (मदिराजन्य पदार्थ) मा शुल्क लगाएको र बङ्गुरको मास्ु तथा दु󠄀ग्धजन्य उत्पादनमा ‘एन्टी–डम्पिङ’ अनुसन्धान गरेको थियो । यो चेतावनीले इयूका राजधानीहरूलाई प्रभाव पारिरहेको छ । जर्मनी यस बिषयमा हालसम्म बढी सावधान थियो किनकि उसको अर्थतन्त्र चीनमा बढी निर्भर छ, तर स्पेनले भने बेइजिङको लगानी खोज्दै व्यावहारिक दृष्टिकोणको सबैभन्दा ठूलो समर्थक बनेको छ ।

गत साता चीनको प्रतिकार चेतावनी दोहो¥याउँदै पनि बेइजिङका ईयूका लागि राजदूत चाई रुनले ब्रसेल्सको एउटा कार्यक्रममा इयू र चीन ‘साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् र निश्चय पनि शत्रु होइनन्’ भनेका थिए । यो सम्बन्ध चीनका लागि पनि महत्वपूर्ण छ । इयू चीनको दोस्रो ठूलो व्यापारिक साझेदार हो । सेफकोभिकसँगको रात्रिभोजपछि वाङ लन्डनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।