१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने



अ+ अ-

दोहा। कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनर दोहामा रहेको पुष्टि गर्दै उहाँहरुले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने जनाउनुभएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलले अमेरिका र इरानबीच हालै सम्पन्न भएको समझदारीपत्र (एमओयू) कार्यान्वयनको प्रगतिबारे मध्यस्थकर्तासँग छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार इरानको करिब ६ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति अझै तेहरानलाई हस्तान्तरण गरिएको छैन ।

अमेरिकी पक्षले उक्त छलफललाई समझदारीपत्र कार्यान्वयन प्रक्रियाको निरन्तरताका रूपमा व्याख्या गरेको छ भने इरानले अमेरिकी अधिकारीसँग कुनै प्रत्यक्ष वार्ताको कार्यक्रम तय नभएको जनाएको छ ।  (रासस/सिन्ह्वा)