काठमाडौं । सरकारको १०० दिनको कार्यसम्पादन तथा सरकारले अघि सारेको १०० बुँदे कार्यक्रमबारे नेपाली कांग्रेसले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
नेपाली कांग्रेसका अनुसार आज (असार २१ गते) बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन कुमार थापाले सरकारको १०० दिने कार्यसम्पादनको समीक्षा गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछन्।
कार्यक्रममा सरकारका उपलब्धि, कमजोरी तथा आगामी कार्यदिशाबारे कांग्रेसको दृष्टिकोण प्रस्तुत गरिने जनाइएको छ।











